Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने

    शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने


    • बुधवार, बैशाख २१ २०७९

    • नेपाल वाइड


    शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने
    फायल तस्बिर

    काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको बताए ।

    हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ । भुसालका अनुसार आयोगले केही स्थानीय तहको भने मतपत्र पुनः छाप्नुपरेको छ । स्थानीय तह निर्वाचन हुन भने अबको ९ दिनमा हुनेछ। आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ ।

    निर्वाचनमा कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना छन् । त्यसमध्ये महिला ८७ लाख ४१ हजार ५३० जना, पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १८३ जना छन् ।

    सम्बन्धित समाचार