शनिवार, बैशाख १७ २०७९
नेपाल वाइड
खोटाङ, १७ बैसाख । साकेला गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेसनबाट अध्यक्षमा उठेका कबि राईले उम्मेद्वारी फिर्ता लिएका छन् । सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रकोतर्फबाट अध्यक्षमा अर्जुनकुमार खड्का र उपाध्यक्षमा बिर्सिका राई, कांग्रेसकोतर्फबाट अध्यक्षमा रबिप्रकाश राई र उपाध्यक्षमा सरिता खड्का उठेका छन् ।
यस्तै, एमालेबाट अध्यक्षमा गोपीकृष्ण खड्का, उपाध्यक्षमा दिलकुमारी राई र जसपाबाट उपाध्यक्षमा जयकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । साकेलामा उपाध्यक्षमा गठबन्धनकै दुई जनाको उम्मेद्वारी परेको छ ।