शनिवार, बैशाख १७ २०७९
नेपाल वाइड
खोटाङ, १७ बैसाख । केपिलासगढी गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेद्वार बनेका साङ्गे शेर्पा सहित सात जनाले उम्मेद्वारी फिर्ता गरेका छन् ।
यस्तै, वडाध्यक्षका तीन, दलित महिला सदस्यका एक, महिला सदस्यका एक र खुला सदस्यका एक जनाले मनोनयन फिर्ता लिएका छन् ।
केपिलासगढीमा कांग्रेसबाट अध्यक्षमा समिर राई र उपाध्यक्षमा राधा गिरी, एमालेबाट अध्यक्षमा कृष्णकुमार राई र मैयाँ सुनुवार, गठबन्धनकातर्फबाट अध्यक्षमा नेकपा एकीकृत समाजवादीका माइतीराज राई र उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राईले उम्मेद्वारी दिएका छन् । केपिलासगढी गाउँपालिकामा कांग्रेस बाहेकको गठबन्धन बनेको हो ।