शनिवार, बैशाख १७ २०७९
नेपाल वाइड
खोटाङ, १७ बैसाख । जन्तेढुंगा गाउँपालिकामा अध्यक्षका एक र उपाध्यक्षका एक सहित ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसपाका अध्यक्षका उम्मेद्वार देबेन्द्र श्रेष्ठ, उपाध्यक्षका उम्मेद्वार सीता राई लगायतले मनोनयन फिर्ता लिएका हुन् ।
सो गाउँपालिकामा वडाध्यक्षका एक, खुला वडासदस्यका दुई र महिला सदस्यका एकले उम्मेद्वारी फिर्ता गरेका छन् । जन्तेढुंगामा अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा बिमला राई चुनावी मैदानमा छन् ।