शनिवार, बैशाख १७ २०७९
नेपाल वाइड
खोटाङ, १७ बैसाख । हलेसी तुवाचुङ नगरपालिकामा दुई उपमेयर सहित १३ जनाको उम्मेद्वारी फिर्ता भएको छ । राप्रपाबाट उपमेयरका उम्मेदवार बनेका एबिना राई, नेकपा एकीकृत समाजवादीका भूमीराज राई सहितले मनोनयन फिर्ता लिएका हुन् ।
सो नगरपालिकामा तीन वडाध्यक्ष, चार खुला वडा सदस्य, दुई दलित महिला सदस्य र दुई महिला सदस्यले उम्मेद्वारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट मेयरमा बिमला राई र उपमेयरमा रमेश राउत, एमालेबाट मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकी, माओवादी केन्द्रबाट मेयरमा रुसिका राई र उपमेयरमा अमेम्बर राईको उम्मेद्वारी दर्ता भएको छ ।
यस्तै, जसपाबाट मेयरमा अञ्जिल राई, राप्रपाबाट मेयरमा छत्र पुरी, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा तुलसीकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मेयरमा बिनेश राई चुनावी मैदानमा छन् ।
कांग्रेसका मेयरमा उम्मेद्वार राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा बिजयी भएकी थिईन् । माओवादी केन्द्रबाट उपमेयरको उम्मेद्वार बनेका राई सो पार्टीका केन्द्रिय निर्वाचन आयोगको सदस्य छन् ।