Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानिय तह निर्वाचन

    दिक्तेल रुपाकोटः मेयरका तीन उम्मेद्वारले गरे मनोनयन फिर्ता

    दिक्तेल रुपाकोटः मेयरका तीन उम्मेद्वारले गरे मनोनयन फिर्ता


    • शनिवार, बैशाख १७ २०७९

    • नेपाल वाइड


    दिक्तेल रुपाकोटः मेयरका तीन उम्मेद्वारले गरे मनोनयन फिर्ता
    फायल तस्बिर

    खोटाङ, १७ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका तीन सहित १० उम्मेद्वारले मनोनयन फिर्ता लिएका छन् ।

    मेयरमा उम्मेदवारी दिएकी माओबादी केन्द्रकी दुर्गाजयन्ती राई, जसपाका सुर्यबहादुर राई, स्वतन्त्र उम्मेद्वार बिकास राई र उपमेयरका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी)का भागवत घिमिरेले उम्मेदवारी फिर्ता लिएका हुन् । मेयर र उपमेयरका उम्मेद्वारले गठबन्धनका उम्मेद्वारलाई सघाउनेगरी उम्मेद्वार फिर्ता गरेका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर कांग्रेस र उपमेयर माओबादी केन्द्रको भागमा परेको छ । तर, कांग्रेसभित्र टिकटको किचलो भएपछि अन्य पार्टीकातर्फबाट मेयर र उपमेयरमा उम्मेद्वारी दर्ता भएको थियो ।

    कांग्रेस प्रदेश १ ले धर्मराज पोखेरल र केन्द्रले तिर्थराज भट्टराईलाई टिकट दिएपछि कांग्रेसभित्र टिकटको विवाद सुरु भएको थियो । अन्तमाः पोखरेलले भट्टराईलाई मेयरको टिकट छाडेपछि अन्य दलकातर्फबाट परेका उम्मेद्वारी फिर्ता भएको हो ।

    १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६ वडाध्यक्ष र १ वडा सदस्यले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका लागि गठबन्धनबाट भट्टराई र उपमेयरमा माओवादी केन्द्रका बिसन राई, एमालेबाट मेयरमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राई, राप्रपाबाट मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्द्रकुमारी राई, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा सुवास राई चुनावी मैदानमा छन् ।

    सम्बन्धित समाचार