Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानीय तह निर्वाचन

    खोटाङ : ४१५ जनप्रतिनिधिका लागि १ हजार ३३० जनाको उम्मेदवारी

    खोटाङ : ४१५ जनप्रतिनिधिका लागि १ हजार ३३० जनाको उम्मेदवारी


    • बिहिवार, बैशाख १५ २०७९

    • नेपाल वाइड


    खोटाङ : ४१५ जनप्रतिनिधिका लागि १ हजार ३३० जनाको उम्मेदवारी
    सांकेतिक तस्बिर

    खोटाङ, १५ बैसाख । खोटाङका १० स्थानीय तहको ४१५ जनप्रतिनिधिका लागि १ हजार ३३० जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि १ हजार ३३० जनाको उम्मेदवारी दर्ता भएको हो ।

    १० जना अध्यक्ष÷प्रमुखका लागि ४६ जना र १० उपाध्यक्ष/उपप्रमुखका लागि ३६ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी लोकेन्द्र राईले बताए ।

    ७९ वडाध्यक्षका लागि २९५ जनाको उम्मेद्वारी परेको छ । यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४९७ जना, ७९ जना महिला वडा सदस्यका लागि २३४ र ७९ जना दलित महिला सदस्यका लागि २२२ जनाको मनोनयन दर्ता भएको छ ।

    सम्बन्धित समाचार