Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा दुई उम्मेदवार बिरुद्ध उजुरी

    खोटाङमा दुई उम्मेदवार बिरुद्ध उजुरी


    • बिहिवार, बैशाख १५ २०७९

    • नेपाल वाइड


    खोटाङमा दुई उम्मेदवार बिरुद्ध उजुरी
    सांकेतिक तस्बिर

    खोटाङ, १५ बैसाख । खोटाङका दुई उम्मेदवार बिरुद्ध उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका वडाध्यक्षका उम्मेदवार ज्ञानराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा सदस्यका उम्मेदवार हरिकुमार खत्री बिरुद्ध बिरोध सम्वन्धी उजुरी परेको हो ।

    खार्ताम्छाको चोखाने खानेपानी निर्माण योजनाको उपभोक्ता समितिको अध्यक्ष रहेको भन्दै वडाध्यक्षका उम्मेदवार राई बिरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

    यस्तै, मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय दोर्पाचिउरीडाँडासम्म जाने ढलानको पेश्की पछ्र्यौट नगरेको भन्दै वडा सदस्यका उम्मेदवार खत्री बिरुद्ध उजुरी दर्ता भएको हो ।

    आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयदन दर्ता गरेका व्यक्ति बिरुद्ध दावीबिरोधका लागि निर्वाचन आयोगले बुधबार एक दिन उजुरी दिने समय दिएको थियो ।

    उजुरी परेका उम्मेदवारलाई सफाई तथा सबुद प्रमाण सहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन भनिएको छ । जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि १ हजार ३३० जनाको मनोनयन दर्ता भएको छ ।

    सम्बन्धित समाचार