Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानिय तह निर्वाचन

    खोटाङः चार नेतृ प्रमुख हुने प्रतिष्पर्धामा

    खोटाङः चार नेतृ प्रमुख हुने प्रतिष्पर्धामा


    • बिहिवार, बैशाख १५ २०७९

    • नेपाल वाइड


    खोटाङः चार नेतृ प्रमुख हुने प्रतिष्पर्धामा
    चार स्थानीय तहमा महिला प्रमुखको उम्मेद्वारहरु क्रमस विमला राई, करुणा राई, कविता राई र गोमा मगर ।

    खोटाङ, १४ बैसाख । खोटाङमा चार स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेद्वार बनाइएको छ । समावेशीताको बखान गरेपनि जिल्लाका १० स्थानीय तहमध्ये चार स्थानीय तहमा चार महिलालाई प्रमुखको उम्मेद्वार बनाइएको हो । एमालेले दुई, कांग्रेसले एक र नेकपा माओबादी केन्द्रले एक महिलालाई पालिका प्रमुखको उम्मेद्वारका रुपमा अघि सारेको छ ।

    एमालेले खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरलाई प्रमुखको उम्मेद्वार बनाएको हो । प्रमुखको उम्मेद्वारमा सिफारिसमा परेका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा बिजयी भएकी थिईन् । यस्तै, अघिल्लो निर्वाचनबाट उपप्रमुखमा निर्वाचित भएकी मगरलाई यसपल्ट प्रमुखमा लड्ने अवशर मिलेको हो ।

    यस्तै, हलेसी तवाचुङ नगरपालिकाको मेयरमा कांग्रेसबाट बिमला राईको मनोनयन दर्ता भएको छ । यसअघि उपमेयरमा निर्वाचित भएकी उनलाई यसपल्ट पार्टीले मेयरको उम्मेदवारका रुपमा अघि सारेको हो ।

    २०७४ सालको स्थानीय तहमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुंगा गाउँपालिकामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ ।

    जन्तेढुंगामा गठबन्धनले माओबादी केन्द्रकी अरुणादेबी राईलाई प्रमुखको उम्मेदवारका रुपमा अघि सारेको हो । माओबादी केन्द्रले २०७४ सालको निर्वाचनमा पनि अरुणादेबीलाई प्रमुखको उम्मेदवार बनाएको थियो ।

    १० स्थानीय तहमा कुल १ हजार ३३० जनाको मनोनयन दर्ता हुँदा ७९ महिला वडा सदस्यका लागि २३४ र ७९ दलित महिला सदस्यका लागि २२२ जनाको उम्मेद्वारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार