Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानीय तह निर्वाचन

    उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन सुरु, अन्तिम नामावली भोलि प्रकाशन गर्ने तयारी

    उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन सुरु, अन्तिम नामावली भोलि प्रकाशन गर्ने तयारी

    आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने

    • बुधवार, बैशाख १४ २०७९

    • नेपाल वाइड


    उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन सुरु, अन्तिम नामावली भोलि  प्रकाशन गर्ने तयारी
    फायल तस्बिर

    काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।

    आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् । आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिनेछ ।

    आयोगले बिहीबारै उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ ।

    आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन् ।

    सम्बन्धित समाचार