Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानीय तहको निर्वाचन

    यी हुन् दिक्तेल रुपाकोट मझुवागढीका मेयरका उम्मेद्वार

    यी हुन् दिक्तेल रुपाकोट मझुवागढीका मेयरका उम्मेद्वार


    • मंगलवार, बैशाख १३ २०७९

    • नेपाल वाइड


    यी हुन् दिक्तेल रुपाकोट मझुवागढीका मेयरका उम्मेद्वार
    सांकेतिक तस्बिर

    खोटाङ, १३ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुने भएको छ । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेबाट मेयरमा कुमारप्रसाद आचार्य र उपमेयरमा बिणादेबी राईको मनोनयन दर्ता भएको छ ।

    गठबन्धनकातर्फबाट मेयरमा कांग्रेसका तिर्थराज भट्टराई र धर्मराज पोखरेल, उपमेयरमा माओवादी केन्द्रका बिसन राईको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    गठबन्धन भए पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरमा माओबादी केन्द्रका दुर्गाजयन्ती राई, स्वतन्त्रबाट बिकास राई, जनता समाजवादीबाट सुर्यबहादुर राई, राप्रपाबाट जीवनकुमार श्रेष्ठ र खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईको मनोनयन दर्ता भएको छ ।

    राप्रपाबाट उपमेयरमा चन्द्रकुमारी राई र नेकपा एकीकृत समाजवादीबाट भागवत घिमिरेको मनोनयन दर्ता भएको छ । जिल्लाकै केन्द्रका रुपमा रहेको नगरपालिकामा सबै दलको नजर पर्ने गरेको छ ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा विजयी बनेकी बिणादेबी पुःन दोहोरिन चुनावी मैदानमा उत्रिएकी हुन् । मेयरमा उम्मेद्वारी दिएकी दुर्गाजयन्ती संविधानसभा सदस्य हुन् ।

    उनी २०६४ सालमा संविधानसभा सदस्य र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेद्वार बनेकी थिईन् । मेयरका उम्मेद्वार सुर्यबहादुर जसपा प्रदेश १ का सचिव एबं केन्द्रीय सदस्य हुन् । गठबन्धन कायम राख्नका लागि दुर्गाजयन्ती र बिकासको उम्मेद्वारी फिर्ता हुने बताइएको छ ।

    कांग्रेसको उम्मेद्वार सिफारिसले विवाद

    कांग्रेसको मेयरको दुई उम्मेद्वारबीचमा आधिकारिकताको विषयले विवाद चुलिएको छ । कांग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रले भट्टराईलाई मेयरको टिकट दिएपछि आधिकारिकताको विषय पेचिलो बनेको हो । अहिलेसम्म दुईमध्ये ‘को अधिकारिक उम्मेद्वार बन्छ’ भन्ने टुंगो लागेको छैन ।

    स्वयं सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा भट्टराई आधिकारिक उम्मेदवार भएको दुई वटा पत्र आइसकेको छ । तर, पोखरेलले पनि प्रदेश समितिको टिकट देखाएर आफ्नो आधिकारिकतामा दावी गरिरहेका छन् ।

    सम्बन्धित समाचार