Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानिय तह निर्वाचन

    हलेसी तुवाचुङः मेयरमा ७ र उपमेयरमा ५ को उम्मेद्वारी

    हलेसी तुवाचुङः मेयरमा ७ र उपमेयरमा ५ को उम्मेद्वारी


    • मंगलवार, बैशाख १३ २०७९

    • नेपाल वाइड


    हलेसी तुवाचुङः मेयरमा ७ र उपमेयरमा ५ को उम्मेद्वारी
    सांकेतिक तस्बिर

    खोटाङ, १३ बैसाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ७ जना र उपमेयरमा ५ जनाको उम्मेद्वारी दर्ता भएको छ । कांग्रेसबाट मेयरमा बिमला राई र उपमेयरमा रमेश राउत, एमालेबाट मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकी, माओवादी केन्द्रबाट मेयरमा रुसिका राई र उपमेयरमा अमेम्बर राईको उम्मेद्वारी दर्ता भएको छ ।

    यस्तै, जसपाबाट मेयरमा अञ्जिल राई, राप्रपाबाट मेयरमा छत्र पुरी र उपमेयरमा एबिना राई, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा तुलसीकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मेयरमा बिनेस राई र नेकपा एकीकृत समाजवादीकोतर्फबाट उपमेयरमा भूमीराज राईको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत संगीता न्यौपाने ढुंगेलले बताईन् ।

    ११ वडा रहेको नगरपालिकामा वडाध्यक्षमा ३९ जना, महिला वडा सदस्यमा ३२ जना, दलित महिला सदस्यमा ३१ जना र खुला सदस्यमा ६६ जनाको उम्मेद्वारी परेको छ ।

    कांग्रेसका मेयरका उम्मेद्वार राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा बिजयी भएकी थिईन् । माओवादी केन्द्रबाट उपमेयरको उम्मेद्वार बनेका राई सो पार्टीका केन्द्रिय निर्वाचन आयोगको सदस्य छन् ।

    सम्बन्धित समाचार