Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानिय तह निर्बाचन

    दिप्रुङ अध्यक्षमा दुई स्वतन्त्र सहित ७ जनाको मनोनयन

    दिप्रुङ अध्यक्षमा दुई स्वतन्त्र सहित ७ जनाको मनोनयन


    • मंगलवार, बैशाख १३ २०७९

    • नेपाल वाइड


    दिप्रुङ अध्यक्षमा दुई स्वतन्त्र सहित ७ जनाको मनोनयन
    फायल तस्बिर

    खोटाङ, १३ बैसाख । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा दुई स्वतन्त्र सहित ७ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट अध्यक्षमा नइन्द्र राई र उपाध्यक्षमा रमा कट्वाल, एमालेबाट अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा गोपालचन्द्र राई र उपाध्यक्षमा नैनकुमारी खत्री, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा ओमीराज राई र उपाध्यक्षमा अम्बिका राई, राप्रपाबाट अध्यक्षमा कल्पना राईको मनोनयन दर्ता भएको छ । स्वतन्त्रबाट अध्यक्षमा बिश्वराज राई र सुरेश राईको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत गम्भिर घिमिरेले बताए ।

    ७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३० जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले एक्लाएक्लै उम्मेद्वारी दिएका छन् ।

    सम्बन्धित समाचार