Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    साकेला अध्यक्षमा चार र उपाध्यक्षमा चारको उम्मेद्वारी

    साकेला अध्यक्षमा चार र उपाध्यक्षमा चारको उम्मेद्वारी


    • मंगलवार, बैशाख १३ २०७९

    • नेपाल वाइड


    साकेला अध्यक्षमा चार र उपाध्यक्षमा चारको उम्मेद्वारी
    उम्मेद्वारी मनोनयनका क्रममा दिक्तेलबजार र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार देखिएको दृश्य । तस्बीर : दमन राई

    खोटाङ, १३ बैसाख । खोटाङको साकेला गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा चारको मनोनयन दर्ता भएको छ । नेकपा माओवादी केन्द्रकोतर्फबाट अध्यक्षमा अर्जुनकुमार खड्का र उपाध्यक्षमा बिर्सिका राई, कांग्रेसकोतर्फबाट अध्यक्षमा रबिप्रकाश राई र उपाध्यक्षमा सरिता खड्काको उम्मेद्वारी दर्ता भएको छ ।

    यस्तै, एमालेबाट अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, मंगोल नेशनल अर्गनाइजेसनबाट अध्यक्षमा कबि राई र जसपाबाट जयकुमार राईको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    माओवादी केन्द्रकातर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष चुनिएका अर्जुनकुमार दोश्रो कार्यकालका लागि उम्मेद्वार बनेका हुन् । कांग्रेसका अध्यक्षका उम्मेद्वार राई २०७० सालको संविधान सभा सदस्यका उम्मेदवार हुन् । उनी हाल संघीय महाधिबेसन प्रतिनिधि छन् । साकेला गाउँपालिकामा पाँच वडा छन् ।

    सम्बन्धित समाचार