मंगलवार, बैशाख १३ २०७९
नेपाल वाइड
खोटाङ, १३ बैसाख । खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार/चार जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठ, एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा नेपालको उम्मेद्वारी दर्ता भएको छ ।
यस्तै, राप्रपाबाट अध्यक्षमा भक्तबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा बिनोद राईको उम्मेद्वारी परेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । सो गाउँपालिकामा कुल १०८ जनाको मनोनयन दर्ता भएको छ ।
रावाबेँसीमा जसपा र नेकपा एकीकृत समाजवादी बीच गठबन्धन गर्ने सहमती छ । १६ बैसाखभित्र छलफल गरेर जसपाबाट उपाध्यक्षकी उम्मेद्वार बनेकी नेपाललाई व्याक गरेर नेकपा एकीकृत समाजवादीका राईलाई उपाध्यक्ष छाड्ने तयारी छ ।