Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    जन्तेढुंगामा अध्यक्षमा चार र उपाध्यक्षमा तीनको उम्मेद्वारी

    जन्तेढुंगामा अध्यक्षमा चार र उपाध्यक्षमा तीनको उम्मेद्वारी


    • सोमवार, बैशाख १२ २०७९

    • नेपाल वाइड


    जन्तेढुंगामा अध्यक्षमा चार र उपाध्यक्षमा तीनको उम्मेद्वारी
    उम्मेद्वारी मनोनयनका क्रममा दिक्तेलबजार र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार देखिएको दृश्य । तस्बीर : दमन राई

    खोटाङ, १२ बैसाख । खोटाङको जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ । अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा बिमला राईको मनोनयन दर्ता भएको छ ।

    यस्तै, जनता समाजवादीकातर्फबाट अध्यक्षमा देबेन्द्र श्रेष्ठ र उपाध्यक्षमा सिता राई, राप्रपाबाट भक्तबहादुर खड्काको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत मानबहादुर मगरले बताए । ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा कुल ८९ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    एमालेका उम्मेद्वार राईद्धय २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका थिए । एमालेले उनीहरुलाई यसपल्ट पनि पुःन यथास्थानमा दोहोर्‍याएको हो ।

    सम्बन्धित समाचार