Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    केपिलासगढी अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता

    केपिलासगढी अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता


    • सोमवार, बैशाख १२ २०७९

    • नेपाल वाइड


    केपिलासगढी अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता
    उम्मेद्वारी मनोनयनका क्रममा दिक्तेलबजार र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार देखिएको दृश्य । तस्बीर : दमन राई

    खोटाङ, १२ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि कांग्रेसबाट अध्यक्षमा समिर राई र उपाध्यक्षमा राधा गिरी, एमालेबाट अध्यक्षमा कृष्णकुमार राई र मैयाँ सुनुवार, गठबन्धनकातर्फबाट अध्यक्षमा नेकपा एकीकृत समाजवादीका माइतीराज राई र उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राईले उम्मेद्वारी दिएका छन् । केपिलासगढी गाउँपालिकामा कांग्रेस बाहेकको गठबन्धन छ । कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएको हो ।

    ७ वडा रहेको केपिलासगढी गाउँपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित महिला र खुला सदस्यमा १२६ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत राजकुमार राईले बताए ।

    सम्बन्धित समाचार