Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    ऐसेलुखर्कमा दुई स्वतन्त्र सहित छ जनाको उम्मेद्वारी दर्ता

    ऐसेलुखर्कमा दुई स्वतन्त्र सहित छ जनाको उम्मेद्वारी दर्ता


    • सोमवार, बैशाख १२ २०७९

    • नेपाल वाइड


    ऐसेलुखर्कमा दुई स्वतन्त्र सहित छ जनाको उम्मेद्वारी दर्ता
    सांकेतिक तस्बिर

    खोटाङ, १२ बैसाख । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा दुई स्वतन्त्र सहित छ जनाको उम्मेद्वारी दर्ता भएको छ । उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ ।

    गठबन्धन दलकोतर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राई, एमालेबाट गिरेन्द्रबहादुर राई र राप्रपाकातर्फबाट बिष्णु निरौलाको मनोनयन दर्ता भएको छ ।

    यस्तै, कांग्रेसका सन्तबीर तामाङ र खगेन्द्र वनको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको ऐसेलुखर्क गाउँपालिकाका निर्वाचन अधिकृत रामाकान्त यादवले बताए ।

    उपाध्यक्षमा गठबन्धनकोतर्फबाट राजेश राजभण्डारी, एमालेकातर्फबाट पुष्पकला भुजेल र राप्रपाकोतर्फबाट डोल्मा राजभण्डारीको मनोनयन दर्ता भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयमा ७ वडाध्यक्षका लागि २४ जना, महिला सदस्यका लागि १९ जना, दलित महिला सदस्यका लागि १८ जना र खुला वडासदस्यका लागि ३८ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

    सम्बन्धित समाचार