Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    दिक्तेल नगरमा एमालेको मेयरमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राई सर्वसम्मत उम्मेदवार सिफारिस

    दिक्तेल नगरमा एमालेको मेयरमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राई सर्वसम्मत उम्मेदवार सिफारिस


    • शुक्रवार, बैशाख ९ २०७९

    • नेपाल वाइड


    दिक्तेल नगरमा एमालेको  मेयरमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राई सर्वसम्मत उम्मेदवार सिफारिस
    मेयरका उम्मेद्वारमा कुमार आचार्य र उपमेयरका उम्मेद्धार बिणादेबी राई ।

    खोटाङ, ९ बैसाख । नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेद्वार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटिले मेयरको उम्मेद्वारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो ।

    नगर कमिटिको सिफारिसलाई जिल्ला कमिटिले अनुमोदन गर्दै प्रदेश कमिटि समक्ष सिफारिस गरेको छ । मेयरको उम्मेद्वारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटि सचिव हुन् । उनी २०७४ सालको निर्वाचनमा मेयरकै दावेदार थिए ।

    उपमेयरका उम्मेद्वार राई दोश्रो कार्यकालका लागि उठ्न लागेकी हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उम्मेदवार चयन गर्न एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

    कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पिके राई (पाँचकर्ण), प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल लगायत छन् ।

    सम्बन्धित समाचार