Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    लिखत सम्वन्धी कसुरमा पत्रकार गिरी पक्राउ

    लिखत सम्वन्धी कसुरमा पत्रकार गिरी पक्राउ


    • बुधवार, बैशाख ७ २०७९

    • नेपाल वाइड


    लिखत सम्वन्धी कसुरमा पत्रकार गिरी पक्राउ

    खोटाङ, ६ बैसाख । जिल्ला प्रहरी कार्यालय खोटाङले लिखत सम्वन्धी कसुर गर्ने पत्रकारलाई पक्राउ गरेको छ । अरुको शैक्षिक प्रमाणपत्रको प्रतिलिपीमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर किर्ते प्रमाणपत्र तयार पारेर सूचना तथा प्रशारण बिभागमा अनलाईन मिडिया दर्ता गरेको भन्दै उजुरी परेको आधारमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई पक्राउ गरेको हो ।

    हलेसीपार्टी डटकम नामक अनलाइन गर्दा गर्नेक्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठ्माण्डौंमा व्यवस्थापन विषयमा स्नातक तह अध्ययन गरेको प्रमाणपत्र पेश गरेका थिए ।

    तर उनले अर्काको नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लव्धांकपत्रको प्रतिलिपीमा आफ्नो नाम, ठेगाना समाबेस गरी सरकारी छाप दस्तखत किर्ते कागजातको आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले प्रतिवादी गिरीलाई काठ्माण्डौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

    गिरीलाई जिल्ला अदालतबाट लिखत सम्वन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप अनुमती लिएर हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा उनले कुभेसचन्द्र गिरीको शैक्षिक प्रमाणपत्रलाई किर्ते गरेर आफ्नो बनाएर सूचना तथा प्रशारण बिभागमा पेश गरेको खुलेको छ । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार