Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दोर्पाचिउरीडाँडा: प्रअ छाडेर वडाध्यक्षमा उठ्ने राईको तयारी

    दोर्पाचिउरीडाँडा: प्रअ छाडेर वडाध्यक्षमा उठ्ने राईको तयारी


    • आइतवार, बैशाख ४ २०७९

    • नेपाल वाइड


    दोर्पाचिउरीडाँडा: प्रअ छाडेर वडाध्यक्षमा उठ्ने राईको तयारी
    दोर्पाचिउरीडाँडा –७ का उत्तम राई
    खोटाङ, ४ बैसाख । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिव्र बनेको छ । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका उत्तम राईले वडाध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।
     
    राई विद्योद्धय आधारभुत विद्यालयका प्रअ हुन् । राईले प्रअबाट राजीनामा दिएर जनता समाजवादी पार्टीकातर्फबाट वडाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।
     
    जिल्लामा सत्तारुढ दलले गठबन्धन गरेर चुनावमा जाने तयारी गरिरहेका बेला वडामा जनता समाजवादीले वडाध्यक्ष पाउने अवस्था आएपछि राईले उम्मेद्वार बन्ने तयारी थालेका हुन् । राईले केहीदिन भित्र प्रअबाट राजीनामा दिने र वडाध्यक्षको उम्मेद्वार बन्ने निश्चित गरिएको जनता समाजवादीका नेता रबिन खम्बूले बताए । वडाध्यक्षमा उठ्ने तयारी गरेका राई पुर्वश्रोतव्यक्ति पनि हुन् ।

    सम्बन्धित समाचार