शुक्रवार, बैशाख २ २०७९
नेपाल वाइड
खोटाङ, २ बैसाख । हावाहुरीले खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभुत विद्यालयको छाना उँडाएको छ । बिहिबार साँझ चलेको हावाहुरीले साविकको बोपुङ–४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उँडाएको हो । हावाहुरीले विद्यालयको छाना उँडाएर जमिनमा थुपारेको छ ।
छाना उँडाएपछि कन्यछाँगा आधारभुत विद्यालयका विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य बनेका छन् । हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायीक विद्यालयमा बार्षिक परीक्षा सञ्चालन भइरहेको छ । सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परिक्षा दिन बाध्य बनेका छन् ।
