बुधवार, चैत्र ३० २०७८
नेपाल वाइड
खोटाङ, ३० बैसाख । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुव्र्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।
आरोपित आचार्यलाई एमाले निकट अनेरास्वबियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्वबियु क्रान्तीकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएर दुव्र्यवहार गरेका छन् ।
घट्ना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो । घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
अनेरास्वबियुका जिल्ला अध्यक्ष मोहन संग्राम, सहसचिव घनश्याम ढकाल, अनेरास्वबियु क्रान्तीकारीका जिल्ला सदस्य रमिला बास्तोला लगायतको नेतृत्वमा प्राविधिक शिक्षालय पुगेको विद्यार्थीको टोलीले प्रिन्सिपल आचार्यलाई कुटपिट समेत गरेका छन् ।
शिक्षालयमा अध्ययनरत छात्रालाई पटक–पटक विभिन्न बाहानामा यौनजन्य हिंसा गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्वबियुका अध्यक्ष मोहन संग्रामले बताए ।