सोमवार, चैत्र २८ २०७८
नेपाल वाइड
खोटाङ, २८ चैत । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–६ मुक्लीका ६३ वर्षीय गणेशकुमार राई मृत फेला परेका छन् । गत १४ चैतदेखि सम्पर्क विहिन बनेका राई आइतबार खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे तल्लो सल्लेको तितेकुरस्थित दुधकोसीको किनारमा मृत फेला गरेका हुन् । बेवारिसे अवस्थामा शव फेला परेपछि सोधीखोजीका क्रममा राईको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए ।
घाँटीमा लगाएको तुलसीको माला, घडी र लुगाको आधारमा राईको शवको पहिचान गरिएको हो । शव पहिचानपछि आफन्तलाई जिम्मा लगाएर पठाइएको प्रहरी निरिक्षक शाहले बताए । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।