Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ६९ औं सिंचाई दिवस

    ६९ औं सिंचाई दिवस


    • शुक्रवार, चैत्र २५ २०७८

    • नेपाल वाइड


    ६९ औं सिंचाई दिवस
    सिंचाई दिवसको अबशरमा बृक्षरोपण ।

    खोटाङ, २४ चैत्र । खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय प्रदेश नं. १ विराटनगरले विविध कार्यक्रमको आयोजना गर्दै सिंचाई दिवस–२०७८ मनाएको छ । “सिचाई पूर्वाधार, कृषि उत्पादन तथा रोजगारीको आधार“ भन्ने नाराका साथ बिविध कार्यक्रमको आयोजना गर्दै ६९ औं सिंचाई दिवस मनाएको हो ।

    खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री राम कुमार राई पासाङ, मन्त्रालयका सचिब नविनराज सिंह, सडक पुर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिब मोहनराज चापागाईलगायतले मन्त्रालय परिसर भित्र वृक्षारोपण, सिंचाई तथा ऊर्जा महाशाखा प्रमुख रमेश प्रसाद पौडेलसहित २९ जना कर्मचारीहरुद्धारा रक्तदानलगायतका कार्यक्रम गर्दै दिवस मनाएको हो ।

    प्रदेश नम्बर १ ले प्रदेस बनेपछि पहिलो पटक खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री राम कुमार राई पासाङको अध्यक्षतामा दिवश मनाउन शुरु गरेको हो ।

    दिवशका अवशरमा शुक्रबार विग होटल विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा सिंचाईसँग सम्बन्धित विविध प्रस्तुतीकरण, सक्रिय जल उपभोक्ता समितिलाई सम्मान एबम वेरुजु फर्छ्यौटमा अहम् भूमिका खेल्ने कार्यालयहरुलाई समेत दिवशको अबशरमा सम्मान गरेको मन्त्री राईको निजी सचिव गणेश कार्कीले जानकारी दिनुभयो ।

    blod donation.jpg

    सिंचाई दिवसको अबशरमा रक्तदान ।

     

    सम्बन्धित समाचार