Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कर्मचारीको सरुवामा नेपाल निजामती कर्मचारी युनियनको आपत्ती

    कर्मचारीको सरुवामा नेपाल निजामती कर्मचारी युनियनको आपत्ती


    • बिहिवार, चैत्र १७ २०७८

    • नेपाल वाइड


    कर्मचारीको सरुवामा नेपाल निजामती कर्मचारी युनियनको आपत्ती
    प्रेस विज्ञाप्ती

    खोटाङ, १७ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राजनैतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै नेपाल निजामती कर्मचारी युनियनले बिरोध जनाएको छ ।

    आसन्न ३० बैसाखमा हुने निर्वाचनलाई प्रभावित पार्ने मनसायका साथ राजनैतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले प्रेस विज्ञाप्तीमार्फत बिरोध जनाएको हो ।

    निर्वाचनलाई सफल बनाउनका लागि आ–आफनो क्षेत्रबाट लागिरहेको र निर्वाचन आयोगले कर्मचारी विवरण माग गरेर अद्यावधिक गरिसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने आसयले नगरपालिकाले राजनैतिक आस्था र विचारको आधारमा रायसल्लाह निवेदन नलिइ निरंकुशशैलीमा कर्मचारीको मनोवल खच्किने तरिकाले सरुवा गरेको युनियनको बिहिबार जारी विज्ञाप्तीमा उल्लेख छ ।

    नेपाल निजामती कर्मचारी युनियनका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका अध्यक्ष दिनेश राईले जारी गरेको विज्ञाप्तीमा कर्मचारीलाई उच्च मनोबल र निर्धक्क काम गर्ने वाताबरण बनाई काम लगाउनुपर्नेमा कर्मचारीको मनोबल गिर्नेगरी गरिएको सरुवा तत्काल कार्यान्वयन नगर्न/नगराउन माग गरिएको छ ।

    नगरपालिकाले १५ चैतमा कर्मचारीको सरुवा गरेको थियो । तर, अधिकांश नेपाल निजामती कर्मचारी युनियनमा आवद्ध कर्मचारीको मात्र विभेदपूर्ण सरुवा गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य अनिल आचार्यले बताए ।

    सम्बन्धित समाचार