Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानीय तहको निर्वाचन

    खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले भोट हाल्न पाउने

    खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले भोट हाल्न पाउने

    आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिए

    • सोमवार, चैत्र १४ २०७८

    • नेपाल वाइड


    खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले भोट हाल्न पाउने
    सांकेतिक तस्बिर

    खोटाङ, १४ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आगामी ३० बैसाखका लागि तोकिएको निर्वाचनमा जिल्लाका पुरुष मतदाता ७५ हजार ६ र महिला मतदाता ६८ हजार ७४६ ले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् । यो २०७४ सालको निर्वाचनमा सहभागी मतदाताको तुलनामा २८ हजार ११० ले बढी हो ।

    निर्वाचन आयोगले २९ बैसाख २०७९ सम्ममा १८ वर्ष पुरा भएका नागरिकलाई समावेश गरेर मतदाताको नामावली आइतबार टुंग्याएको हो । आयोगका अनुसार ऐसेलुखर्क गाउँपालिकामा ११ हजार ४९५, केपिलासगढी गाउँपालिकामा १० हजार ८३८, खोटेहाङ गाउँपालिकामा १५ हजार २४५, जन्तेढुंगा गाउँपालिकामा १० हजार २१३, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३ हजार ४३१ मतदात छन् ।

    यस्तै, बराहपोखरी गाउँपालिकामा ९ हजार ३६४, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, रावाबेँसी गाउँपालिकामा ९ हजार ६१८, साकेला गाउँपालिकामा ८ हजार ५४८ र हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ९२१ मतदाता कायम भएको आयोगले जनाएको छ ।

    १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिए

    आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगले ऐसेलुखर्क गाउँपालिकामा १३ मतदान स्थल र १५ मतदान केन्द्र, केपिलासगढी गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, खोटेहाङ गाउँपालिकामा १५ मतदान स्थल र २१ मतदान केन्द्र, जन्तेढुंगा गाउँपालिकामा १२ मतदान स्थल र १५ मतदान केन्द्र, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३ मतदान स्थल र १८ मतदान केन्द्र तोकेको छ ।

    यस्तै, बराहपोखरी गाउँपालिकामा १० मतदान स्थल र १३ मतदान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदान स्थल र ४४ मतदान केन्द्र, रावाबेँसी गाउँपालिकामा १० मतदान स्थल र १४ मतदान केन्द्र, साकेला गाउँपालिकामा ८ मतदान स्थल र १२ मतदान केन्द्र तथा हलेसी तुवाचुङ नगरपालिकामा१८ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

    सम्बन्धित समाचार