Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङमा बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीको तदर्थ समिति

    खोटाङमा बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीको तदर्थ समिति


    • शनिवार, चैत्र १२ २०७८

    • नेपाल वाइड


    खोटाङमा बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीको तदर्थ समिति
    फायल तस्बिर

    खोटाङ, १२ चैत । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपालले खोटाङमा तदर्थ समिति विस्तार गरेको छ । बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीको शनिबार दिक्तेलमा सम्पन्न पहिलो जिल्ला भेलाले तदर्थ समिति बनाएको हो । भेलाले संयोग तामाङको नेतृत्वमा १५ सदस्यीय बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीको जिल्ला कमिटि गठन गरेको छ ।

    बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक राजकुमार हिङमाङ, प्रदेश १ का सचिव सकल लिम्बु र बैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य भीम घिमिरेको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक हिङमाङले दलाल संसदीय पुँजीवादी व्यवस्थाले नेपाली समाजमा रहेको हालको अन्तरबिरोध हल गर्न नसक्ने बरु थप चर्काउदै लाने भएकाले दलाल पुँजीवादी संसदीय व्यवस्थाद्धारा आयोजित निर्वाचनको कुनै अर्थ नहुने बताए । दलाल पुँजीवादी संसदीय व्यवस्थाले गर्ने चुनाव बहिस्कार गर्नुपर्नेमा हिङमाङको जोड थियो ।

    सम्बन्धित समाचार