Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दिरुमनपामा जसपाको युवा र विद्यार्थी संगठन विस्तार

    दिरुमनपामा जसपाको युवा र विद्यार्थी संगठन विस्तार


    • शनिवार, चैत्र १२ २०७८

    • नेपाल वाइड


    दिरुमनपामा जसपाको युवा र विद्यार्थी संगठन विस्तार
    समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सञ्जिव राई र समाजवादी युवा संघका अध्यक्ष सुरेन्द्र राई ।

    खोटाङ, १२ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जनता समाजवादी निकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनको नगर समिति गठन गरिएको छ ।

    जिल्ला समन्वय समितिको सभाहलमा शनिबार सम्पन्न सम्मेलनले सुरेन्द्र राईको अध्यक्षतामा समाजवादी युवा संघको ३५ सदस्यीय दिक्तेल रुपाकोट मझुवागढी नगर समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा दुगम राई, लेकबहादुर खत्री, शान्तिराम भुजेल, सचिवमा मन्तोष राई, सह–सचिवमा अभिनय राई, जगत राई र कोषाध्यक्षमा इस्मिता राई चयन भएका छन् ।

    यस्तै, सञ्जिव राईको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियनको दिक्तेल रुपाकोट मझुवागढी नगर समिति गठन गरिएको छ । २३ सदस्यीय समाजवादी विद्यार्थी युनियनको उपाध्यक्षमा कविता राई, सचिवमा रामप्रसाद घिमिरे, सह–सचिवमा संगम राई र कोषाध्यक्षमा उषा परियार चयन भएकी छन् ।

    कार्यक्रम समाजवादी युवा संघ खोटाङका अध्यक्ष गजेन्द्र राईको अध्यक्षता एवं जसपाका केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा जसपाका केन्द्रीय सदस्य डा. केके राई, देवराज राई, सूर्यबहादुर राई, प्रदेश १ का सदस्य मोहन गुरुङ, खोटाङ अध्यक्ष टंक थापा, संघीय परिषद सदस्य कर्णबहादुर कार्की, सुनिल राई, खोटाङ जिल्ला सचिव तथा किरात राष्ट्रिय समितिका उपाध्यक्ष प्रेम राई, समाजवादी युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला समितिका सह–सचिव टीकाराम राई, समाजवादी युवा संघका प्रदेश १ उपाध्यक्ष दिपक तामाङ, समाजवादी विद्यार्थी युनियन प्रदेश १ का अध्यक्ष तथा केन्द्रीय सदस्य रविन खम्बू, पार्टीको नगर समिति अध्यक्ष निर्मल राई लगायतका नेताको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार