शुक्रवार, चैत्र ११ २०७८
नेपाल वाइड
खोटाङ, ११ चैत । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत प्राप्त हातहतियार बुझाउन भनेको छ । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहीत बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले शुक्रबार जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहरियार निर्वाचन सकिएपछि सम्वन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको छ ।
निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध गरेको हो ।