शुक्रवार, चैत्र ११ २०७८
नेपाल वाइड
खोटाङ, ११ चैत । नेपाल निर्माण व्यवसायी महासंघ खोटाङको अध्यक्षमा रमेश पौडेल (दिनेश) दोहोरिएका छन् । महासंघको बिहिबार दिक्तेलमा सम्पन्न १२ औं साधारणसभा तथा पाँचौं जिल्ला अधिबेसनबाट पौडेल दोश्रो कार्यकालका लागि निर्माण व्यवसायी महासंघको जिल्ला अध्यक्षमा निर्बिरोध दोहोरिएका हुन् ।
महासंघको बरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, उपाध्यक्षमा सुनिल राई र प्रकाश थापा, महासचिवमा दिलचक्र राई, सचिव (आन्तरिक) भिम राई, सचिव (नीतिगत) शशिकुमार राई, कोषाध्यक्षमा शरद राई र सह–कोषाध्यक्षमा बिराज आचार्य चयन भएका छन् ।
यस्तै, भीषण राई, यादवसेन राई, शचन्द्र राई, मैयाँ आचार्य, इन्द्रलक्ष्मी ताम्राकार, लालबहादुर बिक, कृष्ण बन्जरा, खिलराज श्रेष्ठ, जितेन राई, प्रदीप राई सदस्य चयन भएका छन् । महासंघले जोशेफ रिजाल, दिनेश गुरुङ, मिनुहाङ राई र मनिचन्द्र राई केन्द्रीय प्रतिनिधि चयन गरेको जनाएको छ ।