आइतवार, चैत्र ६ २०७८
नेपाल वाइड
खोटाङ, ६ चैत । डढेलोको जोखिम बढ्दैगएका बेला डिभिजन वन कार्यालय खोटाङले ६ वटा सामुदायीक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ६ वटा सामुदायी वन आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरेको हो ।
स्थानीय देउले सामुदायीक वन, चालिसे सामुदायीक वन, ओरआँप सामुदायीक वन, देविस्थान सामुदायीक वन, चन्द्रमान सामुदायीक वन र भालासिरवानी सामुदायीक वनलाई डढेलो नियन्त्रणको प्रयोजनका लागि १० थान फायर स्वाटर, १० थान रेक, ५ थान रेक हु ५ थान, ५ थान बेल्चा, १० थान माक्स, १० थान पञ्जा र ५ थान हेल्मेट, ५ थान एक्स हु र १ थान पानीको व्याग प्रदान गरेको हो ।
वडा शिक्षा समिति लफ्याङको आयोजनामा श्रीमाबि बासबोटेमा आइतबार आयोजना गरिएको प्रावि तथा मावि स्तरिय हाजिरीजवाफ, वक्तृत्वकला, कविता र निवन्ध लेखन प्रतियोगीताको अवशरमा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, डिभिजन वन अधिकृत भिमबहादुर कालिकोटे, सामुदायीक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई लगायतले वन समुहलाई अग्नि नियन्त्रक औजार हस्तान्तरण गरेका छन् ।
खाल्ले र लफयाङका सामुदायीक वन समुहलाई समेटेर देउले सामुदायीक वन उपभोक्ता समुह लफ्याङको संयोजकत्वमा अग्नि नियन्त्रण सञ्जाल क्रियासिल छ । केही समयअघि पाखामा लागेको डढेलोले लफ्याङका केही घर उच्च जोखिममा परेपछि अग्नि नियन्त्रक औजार जुटाइएको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताए ।
प्रावि स्तरिय हाजिरीजवाफ प्रतियोगीतामा श्रीमाबि बाँसबोटे प्रथम, सालपीदेवी प्रावि दोश्रो, जनचेतना आवि र शारदा आवि तेश्रो भएका छन् । बक्तृत्वकला प्रतियोगीतामा सुजता कट्वाल प्रथम, प्रतिक ढुंगाना दोश्रो, सविता घिमिरे तेश्रो र अनुसा प्रधान शान्त्वना भएको आयोजकले जनाएको छ । विद्यालय शिक्षा कार्यक्रम अन्तरगत डिभिजन वन कार्यालयको सहयोगमा वडा शिक्षा समितिले हाजिरीजवाफ, वक्तृत्वकला, कविता र निवन्ध लेखन प्रतियोगीता गरेको जनाएको छ ।