शुक्रवार, चैत्र ४ २०७८
नेपाल वाइड
खोटाङ, ४ चैत । खोटाङको केपिलासगढी गाउँपालिकामा जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघको पालिका कमिटि गठन गरिएको छ । बाक्सिलामा आयोजित कार्यक्रममार्फत फुर्तेम्बा शेर्पाको अध्यक्षतामा समाजवादी युवा संघको ५३ सदस्यीय पालिका कमिटि गठन गरिएको हो ।
समाजवादी युवा संघको पालिका कमिटि उपाध्यक्षमा भलाकाजी राई, सचिवमा सुजन खत्री र नविना राई, सह–सचिवमा सञ्जिव राई र मनिराज राई, कोषाध्यक्षमा मन्देश राई र सह–कोषाध्यक्षमा आशा राई र किरण राई चयन भएका छन् ।
जनता समाजवादीका केन्द्रिय सदस्य आङकाजी शेर्पाको प्रमुख आतिथ्यता एबं समाजवादी युवा संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष हेमन्त राईको बिशेष आतिथ्यतामा समाजवादी युवा संघको पालिका कमिटि गठन गरिएको हो ।
कार्यक्रममा जनता समाजवादीका प्रदेश कमिटि सदस्य तेजमायाँ दुमी, मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक थापा, समाजवादी युवा संघका प्रदेश उपाध्यक्ष दिपक तामाङ लगायतको उपस्थिति रहेको थियो ।