Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङमा तोक्यो एमालेले पालिका इन्चार्ज तथा सह–इन्चार्ज

    खोटाङमा तोक्यो एमालेले पालिका इन्चार्ज तथा सह–इन्चार्ज


    • बुधवार, फाल्गुण १८ २०७८

    • नेपाल वाइड


    खोटाङमा तोक्यो एमालेले पालिका इन्चार्ज तथा सह–इन्चार्ज
    नेकपा एमाले खोटाङको मंगलबार बसेको पहिलो सचिवालय बैठक ।

    खोटाङ, १८ फागुन । नेकपा एमाले खोटाङले पालिका इन्चार्ज तथा सह–इन्चार्ज तोकेको छ । २३ र २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिबेसनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै पालिकाको इन्चार्ज तथा सह–इन्चार्ज तोकेको हो ।

    एमाले उपसचिव सुरेन्द्रकुमार राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिणादेबी राई इन्चार्ज तथा दिनेश साम्पाङ र अनिसा खनाल सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा रमेश तिवारी इन्चार्ज तथा किशोर श्रेष्ठ र कुमार बुढाथोकी सह–इन्चार्ज तोकिएका छन् ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकामा गिरेन राईले इन्चार्ज तथा पुष्पकला भुजेल र गणेश नेपालले सह–इन्चार्ज, केपिलासगढी गाउँपालिकामा कृष्णकुमार राईले इन्चार्ज तथा खगेन्द्र गुरुङ र अडिराम राईले सह–इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    खोटेहाङ गाउँपालिका इन्चार्जमा राजन बञ्जरा तथा सह–इन्चार्जमा कविता राई र कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका इन्चार्जमा तिलक बस्नेत तथा सह–इन्चार्जमा शंखरबहादुर राई र विदुरमान राई तोकिएका छन् ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा लोकेन्द्र राईले इन्चार्ज तथा भीमबहादुर खत्री र विनोद संसारले सह–इन्चार्ज, बराहपोखरी गाउँपालिकामा गोमा मगरले इन्चार्ज तथा रुद्र विष्ट र दिलबहादुर राईले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा लिलानाथ निरौलाले इन्चार्ज तथा खेमराज राई र बाबुराम जोशीले सह–इन्चार्ज, साकेला गाउँपालिकामा गोपीकृष्ण खड्काले इन्चार्ज तथा धनपाल राई र शिव बस्नेतले सह–इन्चार्जको जिम्मेवारी पाएका छन् । बैठकले १०९ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड गरेको एमालेले जनाएको छ ।

    सम्बन्धित समाचार