Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    १० मध्ये नौ पालिकामा नेकपा (एस)को पालिका कमिटि

    १० मध्ये नौ पालिकामा नेकपा (एस)को पालिका कमिटि


    • मंगलवार, फाल्गुण १७ २०७८

    • नेपाल वाइड


    १० मध्ये नौ पालिकामा नेकपा (एस)को पालिका कमिटि
    खोटेहाङमा नेकपा (एकीकृत समाजवादी) को ३५ सदस्यीय पालिका अधिबेसन आयोजक कमिटि ।

    खोटाङ, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) खोटाङले १० पालिका मध्ये नौ पालिकामा पालिका स्तरिय कमिटि गठन गरेको छ ।

    जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिका पालिका स्तरिय कमिटि गठन गरिएको हो ।

    मंगलबार खोटेहाङ गाउँपालिकामा तिर्थ प्रधानको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी)को ३५ सदस्यीय पालिका अधिबेसन आयोजक कमिटि गठन गरिएको छ ।

    नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष जलसेर राईको विशेष आतिथ्यतामा पालिका अधिबेसन आयोजक कमिटि गठन गरिएको हो ।

    पालिका अधिबेसन आयोजक कमिटि गठनका क्रममा नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटि सदस्य तारानाथ दाहाल, श्यामराज राई, मिलन श्रेष्ठ, जिल्ला उपाध्यक्ष नरेशकुमार राई लगायतको उपस्थिति रहेको थियो । नेकपा (एकीकृत समाजवादी)का अनुसार अव रावाबेँसी गाउँपालिकामा मात्र पालिका कमिटि बिस्तार गर्न बाँकी छ ।

    सम्बन्धित समाचार