Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    प्रदेश मन्त्रालय फुटाइएकोमा पुर्वमन्त्री राईको विरोध

    प्रदेश मन्त्रालय फुटाइएकोमा पुर्वमन्त्री राईको विरोध


    • आइतवार, फाल्गुण १५ २०७८

    • नेपाल वाइड


    प्रदेश मन्त्रालय फुटाइएकोमा पुर्वमन्त्री राईको विरोध
    सांसद उषाकला राई

    खोटाङ, १५ फागुन । प्रदेश १ की सांसद उषाकला राईले प्रदेशको मन्त्रालय फुटाउँदा राज्यलाई अनावश्यक आर्थिक व्यायभार भएको बताएकी छन् ।

    प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद राईले भागबण्डा मिलाउने नाममा मन्त्रालय फुटाउँदा गाडी, घोडा र तलव भत्तामा अनावश्यक खर्च भइरहेको भन्दै सरकारको आलोचना गरेकी हुन् ।

    प्रदेशकै पुर्वसामाजिक बिकास मन्त्री रहेकी राईले नागरिकको अत्यावश्यक कामको सन्दर्भमा सरकार मौन देखिएको भन्दै बिरोध जनाएकी छन् । ‘हिजोको ७ मन्त्रालय फुटाएर १३ वटा मन्त्रालय बनाइएको छ ।

    त्यसमा अरु पनि थप्ने चर्चा भइरहेको छ,’ राईले भनिन्, ‘जनताका लागि बाटो, पुल, खानेपानीकोे आवश्यकता छ । जनता खानेपानी नपाएर छट्पटाइरहेकाछन्, जनता सिँचाई नपुगेर बारी खेत बाँझो राख्नुपर्ने स्थितिमा छन् । शिक्षा, स्वास्थ्य र रोजगारको विषय त्यत्तिकै बिकराल छ । तर अत्यावश्यक कामको सन्दर्भमा सरकार मौन छ ।’

    सांसद राईले एमसीसीको सन्दर्भमा गठबन्धनको औचित्यमाथि प्रश्न उठाएकी छन् । बर्तमान गठबन्धन राष्ट्र, राष्ट्रियता र जनताको हितको लागि नभई स्वार्थका लागि बनेको दावी गरिन् ।

    ‘यो गठबन्धनको औचित्य राष्ट्र, राष्ट्रियता र जनताको हितको लागि होईन, आफ्नो निहित स्वार्थ, सत्ता र कृत्रिम शक्तिको लागि आवश्यकता परेको हो ?,’ राईले प्रश्न गरिन्, ‘याद रहोस्, स्थायी र चिरस्थायी सत्ता र शक्ति भनेको जनता र राष्ट्र हो, त्यसका लागि लाग्नुस्, लागौं ।’

    मूख्यामन्त्रीले सामान्य खर्चलाई जिरोमा झारेर भएको बजेटलाई तानतुन गरेर रकमान्तर गर्ने आदेश दिएको भन्दै सांसद राईले आपत्ती जनाएकी छन् ।

    सम्बन्धित समाचार