Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    चार वटा निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न

    चार वटा निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न


    • शुक्रवार, फाल्गुण १३ २०७८

    • नेपाल वाइड


    चार वटा निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न
    मन्त्रिपरिषद् बैठक ।

    विराटनगर, १३ फागुन । प्रदेश नंं. १ मा आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले विभिन्न चार वटा विषयमा निर्णयहरू गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभएको छ । उहाँका अनुसार, बैठकले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायहरूको संगठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

    त्यस्तै बैठकले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने, प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

    बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभएको छ ।

    सम्बन्धित समाचार