Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    जन्तेढुंगामा कुकुरको बिगबिगी

    खोटाङ : कुकुरको टोकाईबाट महिलाको मृत्यु भएपछि गाउँमा त्रास

    खोटाङ : कुकुरको टोकाईबाट महिलाको मृत्यु भएपछि गाउँमा त्रास

    २५ जनालाई एन्टी रेबिज भ्याक्सिन

    • बिहिवार, फाल्गुण १२ २०७८

    • नेपाल वाइड


    खोटाङ : कुकुरको टोकाईबाट महिलाको मृत्यु भएपछि गाउँमा त्रास
    दिक्तेलबजारमा जम्मा भएका भुस्याहा कुकुर ।

    खोटाङ, १२ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा कुकुरको टोकाईबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । रेबिजका कारण बृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो ।

    काठ्माण्डौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त सबैभन्दा बढि त्रसित छन् । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो ।

    कुकुरले टोकेको ७/८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पु¥याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए ।

    एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरेपनि टोकेको २०/२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको २८/२९ दिनतिर घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पु¥याइएको थियो । टिचिङले टेकुमा रेफर गरे लगत्तै बिरामीको मृत्यु भएको हो ।

    कुकुरले टोक्ने वित्तिकै दिइनुपर्ने खोप नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको राई बताउँछन् । ‘कुकुरले टोक्ने वित्तिकै रोकथामका लागि छुट्टै खोप दिइनुपथ्र्यो रे । त्यही भएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामी निको नभएको अस्पतालले जवाफ दिएको छ,’ राईले भने, ‘कमसेकम जिल्ला अस्पतालले यत्ती जानकारी दिएको भए पनि बिरामीलाई बचाउन सकिन्थ्यो । आफन्त गुमाउन पर्दैनथ्यो भन्ने हाम्रो बुझाई छ ।’ जिल्ला अस्पताल खोटाङका प्रमुख डा. बैभव मल्लिकले भने बिरामीलाई ढिलागरी अस्पताल पुर्‍याएकाले एन्टी रेबिज भ्याक्सिनले काम नगरेको हुनसक्ने बताए ।

    २५ जनालाई एन्टी रेबिज भ्याक्सिन

    मृतक वृद्धाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका २५ जनालाई ११ फागुनमा एन्टी रेबिज भ्याक्सिनको पहिलो मात्रा दिइएको छ । हाललाई परिवार र नजिकका छरछिमेकलाई एन्टी रेबिज भ्याक्सिन दिइएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए ।

    बुईपा र राजापानीमा अझै पनि मृतकको सम्पर्कमा रहेका आफन्तहरु खोपबाट छुटेको हुनसक्ने स्थानीय बताउँछन् । रेबिजको आतंक फैलिएको ठाउँमा तत्काल खोप व्यवस्थापनमा स्थानीय सरकार र जिल्ला अस्पतालले बेवास्ता गरेको युवा नेता निसन राईले दावी गरे ।

    जन्तेढुंगामा कुकुरको बिगबिगी

    खोटाङको जन्तेढुंगा गाउँपालिकामा सामुदायीक कुकुरको बिगबिगी फैलिएको छ । बाँदर, स्याल धपाउनका लागि पालिएका कुकुर बजार तथा अन्यत्र छाडिँदा सामुदायीक कुकुरको बिगबिगी फैलिएको हो ।

    केही समयअघि बेवारिसे कुकुरको टोकाईबाट जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका कर्णबहादुर खत्रीको परिवारका ४ सदस्य घाईते भए भने एउटा भैंसी मरेको थियो । यस्तै, कुकुरले गोपाल नेपालीका ४ जना, रमेश तामाङका २ जना, उत्तरबहादुर खड्काका १ जना, गोबिन्द बिष्टका १ जना, अप्जसा खड्काको १ जना, कोपिला प्रधानको एक जना, मेहरमान दमाईको एक जना सदस्यलाई टोकेका थिए ।

    यस्तै, गोपाल कट्वालको एउटा गाई, डाइश्वर कार्कीको एउटा बाख्रा, दलबहादुर तामाङको एउटा भैंसी, चन्द्र प्रधानको एउटा बाख्रा, मिनबहादुर प्रधानका एउटा गोरु, युवराज प्रधानको एउटा बाख्रालाई कुकुरले टोकेर घाईते बनाएको थियो ।

    कुकुरको टोकाईबाट तुलसीराम कोईरालाको एउटा गाई मरेको थियो । कतिपय बराहपोखरी गाउँपालिकाका स्थानीयलाई समेत सामुदायीक कुकुरले टोकेर घाईते बनाएको थियो । 

    स्थानीय सरकार, प्रदेश सरकार र पशु सेवा केन्द्रले घरमा पालिएका र सामुदायीक कुकुरलाई निःशुल्क भ्याक्सिन उपलव्ध गराउने व्यवस्था मिलाए रेबिजको भय कम हुने युवा नेता बाजिन्द्र बिष्ट बताउँछन् । ‘घर पालुवा र सामुदायीक कुकुरलाई भ्याक्सिनको निःशुल्क व्यवस्था हुनुपर्छ,’ बिष्टले भने, ‘भ्याक्सिन हानेको कुकुरको पहिचान गर्नसके त्यसले टोकेको मानिस तथा पशुलाई कम समस्या हुने थियो ।’

    सम्बन्धित समाचार