Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक पक्राउ

    खोटाङ : नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक पक्राउ


    • शनिवार, फाल्गुण ७ २०७८

    • नेपाल वाइड


    खोटाङ : नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ, ७ फागुन । खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा महजस्तो देखिने पदार्थ विक्री गरिरहेको अवस्थामा १३ वर्षीय अन्देश करौडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले बताए ।

    स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले करौडीलाई महजस्तो देखिने ५ केजी पदार्थ सहित शनिबार पक्राउ गरेको हो ।

    बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग बाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्रहरीले करौडीलाई नियन्त्रणमा लिएको हो । नक्कली मह बिक्री गरिरहेका एक जना फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । नक्कली मह सहित व्यवसायी पक्राउ गरिएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताए ।

    जिल्लाका बजारमा यस अघिदेखि नै नक्कली मह बिक्री हुनेगरेको जनगुनासो छ । तराईबाट आउने व्यवसायीले प्रतिबोटल साँढे सात सयका दरदे मह बिक्री गर्ने गरेका छन् । खरिद गरेर राखेको मह केही समयपछि डल्लो पर्ने र सड्ने गरेको उद्योग बाणिज्य संघ खोटाङका महासचिव मनोज बजिमयले बताए ।

    सम्बन्धित समाचार