Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    एमसीसी सम्झौता विरुद्ध खोटाङमा युवा तथा विद्यार्थी संगठनको प्रदर्शन

    एमसीसी सम्झौता विरुद्ध खोटाङमा युवा तथा विद्यार्थी संगठनको प्रदर्शन


    • बिहिवार, फाल्गुण ५ २०७८

    • नेपाल वाइड


    एमसीसी सम्झौता विरुद्ध खोटाङमा युवा तथा विद्यार्थी संगठनको प्रदर्शन
    नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनले विरोध जुलुस ।

    खोटाङ, ४ फागुन । एमसीसी सम्झौता विरुद्ध खोटाङमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय विरुद्ध वाइसिएल नेपाल, युवा संघ नेपाल, अनेरास्ववियू (क्रान्तीकारी) र अनेरास्ववियूले दिक्तेलबजारमा संयुक्त रुपमा बिरोध जुलुस निकालेका हुन् ।

    ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनता रक्षा गरौं’ भन्ने नारा लेखिएको कालो व्यानर बोकेर युवा तथा विद्यार्थी संगठनले दिक्तेलको पुरानो बेस क्याम्पबाट किरातचोक (रत्नपार्क)सम्म बिरोध प्रदर्शन गरेका हुन् ।

    उनीहरुले ‘एमसीसी चाहिदैन, एमसीसी मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरु होसियार, देश बेच्न पाइदैन, देशभक्त शक्ती एकजुट होऔं, राष्ट्रिय स्वाधिनता जिन्दावाद’ लगायतका नारा घन्काएका थिए । एमसीसीको बिररुद्धमा चर्का नारा लगाउँदै हिँडेको जुलुस किरातचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    कोणसभालाई अनेरास्ववियूका केन्द्रिय सचिव शम्भु घिमिरे र वाइसिएल नेपालका केन्द्रिय सदस्य एबं जिल्ला इन्चार्ज मिलनचन्द्र राईले सम्बोधन गरेका थिए । नेताद्धयले एमसीसी पास नगर्न चेतावनी दिएका छन् ।

    सम्बन्धित समाचार