Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण, १०५ जना संक्रमणमुक्त

    प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण, १०५ जना संक्रमणमुक्त


    • बिहिवार, फाल्गुण ५ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण, १०५ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, ४ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण भएको छ । ४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ८, बुढीगंगामा ७, सुन्दरहरैचामा ४, उर्लाबारीमा २, जहदा, कानेपोखरी, बेलबारी, केराबारी, कटहरी र लेटाङमा १–१, झापाको विर्तामोडमा ३, शिवसताक्षी, मेचीनगर, भद्रपुर र दमकमा २–२, कनकाई, हल्दिबारी, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ७, इनरुवामा ३, भोक्राहानरसिंह, बराहक्षेत्र र स्थानीयतह नखुलेका १–१, इलामको माई र स्थानीय तह नखुलेका १–१, तेहृथुमको आठराई र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवीमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज १०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५१ म्हिला र ५४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार