Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    गाई गोरु काट्न नपाइने व्यवस्था हटाउन माग

    गाई गोरु काट्न नपाइने व्यवस्था हटाउन माग


    • बिहिवार, माघ २७ २०७८

    • नेपाल वाइड


    गाई गोरु काट्न नपाइने व्यवस्था हटाउन माग
    रिहाई भएका जयराम, खगेन्द्र र गणेशबहादुर तामाङ ।

    खोटाङ, २७ माघ । खोटाङका सत्तारुढ गठबन्धनले मुलुकी अपराध संहिता २०७४ को धारा २८९ खारेजीको माग गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजादी पार्टीले मुलुकी अपराध संहिताको धारा २८९ मा उल्लेखित ‘गाई गोरु मार्न वा कुट्न नहुने’ व्यवस्था खारेजीका लागि पहल गर्ने निर्णय गरेका हुन् ।

    २६ माघमा बसेको सत्तारुढ गठबन्धनको बैठकले आदीवासी जनजाती समुदायलाई दुःख दिने/मुद्धा लगाउने कार्य हुन नदिनका लागि संविधानसँग बाझिएको मुलुकी अपराध संहिताको धारा खारेजीका लागि नेपाल सरकार समक्ष माग गर्ने र सोको लागि गठबन्धनमा आवद्ध दलले आ–आफ्नो पार्टीका केन्द्रीय समितिलाई आवश्यक पहलका लागि अनुरोध गर्ने निर्णय गरिएको बिहीबार प्रकाशित विज्ञाप्तीमा जनाइएको छ ।

    गोरु काटेर मासु विक्री गर्दै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ २३ माघमा पक्राउ परेपछि गठबन्धनको यस्तो धारणा सार्वजनिक भएको हो ।

    गठबन्धनको बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सडक ढलान, एकीकृत वस्ती विस्तार, विद्यालय खेलमैदान र घेराबारा निर्माण लगायतका विकासका योजनामा भएको भ्रष्टचार तथा अनिमियतताको विषयमा यथाशिघ्र छानविन गरी दोषीलाई कारबाही गर्न, जिल्लाका विकास निर्माण सम्बन्धी काममा भइरहेको ढिलासुस्ती र लापरवाहीको अन्त्य गरि समयमै योजनाको काम सम्पन्न गर्न/गराउन जिल्ला समन्वय समितिको संयोजकत्वमा पहलकदमी गर्ने निर्णय गरेको विज्ञाप्तीमा जनाइएको छ ।

    यस्तै, सत्ता गठबन्धनमा आवद्ध पार्टीहरुको पालिका स्तरिय बैठकबाट प्राप्त विकासका योजना प्राथमिकता निर्धारण गरि प्रदेश सरकार र संघिय सरकारमा माग गरि पठाउने निर्णय गरिएको जनाइएको छ ।

    प्रेस विज्ञाप्तीमा नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष दिपक पाण्डे (आकाश), नेकपा एकीकृत समाजवादीका अध्यक्ष जलसेर राई र जनता समाजवादीका अध्यक्ष टंक थापाले हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित समाचार