Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

    बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ


    • बिहिवार, माघ २० २०७८

    • नेपाल वाइड


    बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
    प्रतिकात्मक तस्बिर

    मोरङ, २० माघ । मोरङमा बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार