मंगलवार, माघ १८ २०७८
नेपाल वाइड
खोटाङ, १८ माघ । नेकपा माओबादी केन्द्रका नेता रामकुमार राई पासाङले एमसिसिको पक्षमा लाग्ने माननियहरुलाई निर्बाचन क्षेत्र प्रबेशमा निषेध गर्नु पर्ने बताउनुभएको छ ।
विवादित एमसिसि परियोजना बारे कडा विरोध जनाउदै नेता राईले राष्ट्रघाती एमसिसिको पक्षमा लाग्ने माननियहरुलाई निर्बाचन क्षेत्र प्रबेशमा निषेध गर्ने पर्ने बताउनुभएको हो । खोटाङ क्षेत्र नम्बर २ का प्रदेश सांसद समेत रहनुभएका राईले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति सार्बजनिक गर्नुभएको हो ।
नेता राईले लेखेका छन “एमसिसिको पक्षमा रहने माननियहरुलाई निर्बाचन क्षेत्र प्रवेश निषेध गर्नु पर्दछ, राष्ट्रघातीहरुलाई माटोमा मिलाउनु पर्दछ ।” पछिल्लो समय राष्ट्रिय राजनिति तरंगित रहेका बेला नेता राईले विवादित अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे कडा विरोध जनाउनुभएको हो ।