Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सामुदायिक वन अभियानकर्मीहरुलाई धरपकड एबम गिरप्तार गरेको भन्दै महासंघको आपत्ति

    सामुदायिक वन अभियानकर्मीहरुलाई धरपकड एबम गिरप्तार गरेको भन्दै महासंघको आपत्ति


    • मंगलवार, माघ १८ २०७८

    • नेपाल वाइड


    सामुदायिक वन अभियानकर्मीहरुलाई धरपकड एबम गिरप्तार गरेको भन्दै महासंघको आपत्ति
    सामुदायिक वन महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईद्धारा हस्ताक्षरित विज्ञप्ती ।

    खोटाङ, १८ माघ । सामुदायिक वन उपभोक्ता महासंघ खोटाङले सामुदायिक वन अभियानकर्मीहरुलाई धरपकड एबम गिरप्तार गरेको भन्दै आपत्ति जनाएको छ ।

    संघिय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै प्रदर्शनमा रहेका आफ्ना अभियानकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै विज्ञप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।

    मंगलबार सामुदायिक वन महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको हो । अध्यक्ष राईद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत गिरप्तार गरिएका बन अधिकारकर्मीहरुलाई तत्काल रिहाई गर्न माग गरिएको छ ।

    वन परिसर बबरमहलमा शान्तिपुर्ण प्रदर्शनकाक्रममा फेकोफनका अध्यक्ष भारती पाठकसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले मंगलबार नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै प्रदर्शन गरेको थियो ।

    पक्राउ परेकाहरुमा अध्यक्ष पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा, ललितपुर जिल्ला अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोकका सचिव दयालक्ष्मी श्रेष्ठ, ललितपुरका सहदेव न्यौपाने लगायत रहेका छन् ।

    सम्बन्धित समाचार