Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कांग्रेसले भन्यो, सासुभत्ता अनियमितताका दोषीमाथि कारबाही कहिले ?

    कांग्रेसले भन्यो, सासुभत्ता अनियमितताका दोषीमाथि कारबाही कहिले ?


    • मंगलवार, माघ १८ २०७८

    • नेपाल वाइड


    कांग्रेसले भन्यो, सासुभत्ता अनियमितताका दोषीमाथि कारबाही कहिले ?
    फायल तस्बिर

    खोटाङ, १८ माघ । नेपाली कांग्रेसले खोटाङको बराहपोखरी गाउँपालिकाको सामाजिक सुरक्षाभत्ता अनियमिततामा मुछिएका दोषीलाई कारबाही गर्न ढिलासुस्ती गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

    नेपाली कांग्रेस बराहपोखरी गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता अनियमितता सम्वन्धी प्रतिबेदन बुझाएको दुई वर्षसम्म सार्वजनिक नगर्नु, सार्वजनिक गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत दवाव सिर्जना गर्दा मात्र सार्वजनिक गरिनु र दोषीमाथि हालम्म कुनै कारबाही नहुनुले गम्भीर आशंका उत्पन्न गराएको जनाएको छ ।

    मृत्यु भइसकेका, हुँदै नभएका तथा बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको नाममा सामाजिक सुरक्षाभत्ता चुहावट भइरहेको विषयमा बहस भइरहने तर काम कारबाही प्रकृया अगाढि नबढेकोप्रति कांग्रेस बराहपोखरी गाउँपालिका सभापति खिलाराज राई (दिपक)ले विज्ञाप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    “गाउँपालिकाको सामाजिक सुरक्षाभत्ताको सन्दर्भमा सार्वजनिक व्यक्ति, समुह वा संस्थाले सार्वजनिक सम्पत्तीको व्यापक अनियमितता गरेको भन्ने कुरा विभिन्न प्रमाणहरुका आधारमा बुझ्न कठिन छैन,” विज्ञाप्तीमा भनिएको छ, “यस विषयमा बहस भइरहने तर कारबाही प्रकृया अगाढि नबढेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ढिलो न्याय दिनु पनि अन्याय नै हो । निष्पक्ष छानविन गरी सम्पूर्ण दोषीमाथि कडाभन्दा कडा कारबाही प्रकृया अगाडि बढाउन सम्वद्ध निकाय/पक्षसँग माग गर्दछौँ ।”

    ६ वडा रहेको बराहपोखरी गाउँपालिकामा पहिल्यै मृत्यु भइसकेका, हुँदै नभएका, बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गरी अनियमितता भइरहेको तथ्य सार्वजनिक भएको थियो ।

    सामाजिक सुरक्षाभत्ता अनिययमितताको विषयमा २०७६ सालमै ख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अनियमितता छानविनकालागि अख्तियारले कागजात मगाएपछि गाउँपालिकाले २७ फागुन २०७६ मा सो सम्वन्धी कागजात बुझाएको थियो । स्वयं गाउँपालिकाका कर्मचारी अख्तियारमा पुगेर ७६७७ एल २९११२ नम्बरमा आवश्यक कागजात दर्ता गराएर फर्किएका थिए ।

    फर्जी लाभग्राही खडा गरेर सामाजिक सुरक्षाभत्ता चुहावट भइरहेको भन्दै उजुरी परेपछि २०७६ कात्तिक पहिलो साता बसेको गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

    गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिबेदन पेश गर्ने जिम्मेवारी पाएको छानबीन समितिले व्यापक अनियमितता देखिएको प्रतिबेदन १७ मंसिर २०७६ मा गाउँपालिका समक्ष बुझाएको थियो ।

    हालसम्म गुपचुप राखिएको सो छानविन प्रतिबेदन सार्वजनिक गर्नुपर्ने चौतर्फी दवाव सिर्जना भएपछि गाउँपालिकाले गत २० पुसमा आयोजित १० औं गाउँसभामा सार्वजनिक गरेको थियो । उपाध्यक्ष मगरले बाचन गरेर सुनाएको प्रतिबेदनमा कुन वडामा, कति बजेट चुहावट भए भन्ने तथ्यांक भने खुलाइएको छैन ।

    मृत्यु दर्ता, बसाई सराई लगायत सम्वन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा गरिरहेको भन्दै छानबीनका लागि १ कात्तिक २०७६ मा गाउँपालिकामा उजुरी परेको थियो ।

    ५० जनाभन्दा बढिको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाई सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ ।

    यस्तै, ४ जनाको नाममा दोहोरो सुविधा देखिएको र एक जना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय बिदुर श्रेष्ठले बताए । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमितता सम्वन्धी उजुरी परे पनि गाउँपालिकाले सबै वडाको छानविन गर्न आदेश दिएको थियो ।

    सम्बन्धित समाचार