Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ब्राउन सुगरसहित तीन पक्राउ

    ब्राउन सुगरसहित तीन पक्राउ


    • मंगलवार, माघ १८ २०७८

    • नेपाल वाइड


    ब्राउन सुगरसहित तीन पक्राउ
    प्रतिकात्मक तस्बिर

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो ।

    सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दिए ।

    उनका अनुसार दुवैलाई भेरीगङ्गा नगरपालिका–१० तोलीखोला प्रहरी चेकपोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो ।

    बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताउनुभयो ।

    त्यस्तै प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका गोविन्द राईलाई पनि पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष रत्नबहादुर बुढा, सोही वडा निवासी बिष्णु गौतम, शिवराम चौधरी, भक्तवीर चुनारा, गणेशबहादुर थापा, कमल चौधरी, बमबहादुर बिसी र नरगैया चौधरीको खेतमा थुपारी राखेको परालको थुप्रामा आगो लगाएको आरोपमा राईलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    सम्बन्धित समाचार