Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङको नुनथलामा एक युवा मृत फेला

    खोटाङको नुनथलामा एक युवा मृत फेला


    • आइतवार, माघ १६ २०७८

    • नेपाल वाइड


    खोटाङको नुनथलामा एक युवा मृत फेला
    सांकेतिक तस्बिर

    खोटाङ । १६ माघ, खोटाङको नुनथलामा एक युवा मृत फेला परेका छन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्लाका २७ वर्षिय गौरव राई मृत फेला परेका हुन ।

    राई आफ्नै घर नजिकैको सडकमा आइतबार विहान मृत अवस्थामा फेला परेको नुनथलाका वडाअध्यक्ष भिम राईले बताउनुभयो । रातीको समयमा कोठामा बत्ती बालेर हिडेका राई घर फर्की नआए पछि खोजी गर्नेक्रममा विहान नजिकैको सडक छेउमा मृत भेटिएको अध्यक्ष राईले बताउनुभयो ।

    ड्राईभिङ पेशा गर्दै आएका राई बेलाबेलामा एकोहोरो हुने मानसिक समस्या रहेको पारिवारिक श्रोतले जनाएको छ । राईको पोष्टमार्टम पछि आजै दाहासंस्कार गरिएको छ ।

     

    सम्बन्धित समाचार