Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

    उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु


    • शुक्रवार, माघ १४ २०७८

    • नेपाल वाइड


    उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
    सांकेतिक तस्बिर

    उदयपुर । नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

    नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।  गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार