Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    खोटाङ : १ लाख ७५ हजार ३४० प्रारम्भिक नतिजा

    खोटाङको जनसंख्या घट्यो, कुन पालिकामा कति जनसंख्या ?

    खोटाङको जनसंख्या घट्यो, कुन पालिकामा कति जनसंख्या ?


    • बुधवार, माघ १२ २०७८

    • नेपाल वाइड


    खोटाङको जनसंख्या घट्यो, कुन पालिकामा कति जनसंख्या ?
    सांकेतिक तस्बिर

    खोटाङ, १२ माघ । १० वर्ष अघिको तुलनामा खोटाङको जनसंख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतीजा अनुसार खोटाङमा वार्षिक १.५६ प्रतिशतका दरले जनसंख्या घटेको देखिएको हो ।

    २०६८ सालको जनगणना अनुसार २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा १ लाख ७५ हजार ३४० जनसंख्या देखिएको तथ्याङ्क विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।

    नेपालको १२ औं जनगणनाको प्रारम्भिक नतीजामध्ये जिल्लामा पुरुष ८६ हजार ५२१ र महिला ८८ हजार ८१९ जना छन् । यस्तै, जनगणना घर संख्या ४० हजार ३९२ र परिवार संख्या २१ हजार १०४ रहेको विभागले जनाएको छ । जिल्लामा परिवारको औषत आकार ४.१६ र जनघनत्व ११० रहेको उल्लेख छ ।

    कुन पालिकामा कति जनसंख्या ?

    खोटाङका स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम जनसंख्य साकेला गाउँपालिकामा देखिएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४३ हजार २९५, हलेसी तुवाचुङ नगरपालिकामा २७ हजार २७४, खोटेहाङ गाउँपालिकामा १६ हजार ९५२, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १६ हजार ५४९, ऐसेलुखर्क गाउँपालिकामा १३ हजार ५८१ जनसंख्या रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

    यस्तै, केपिलासगढी गाउँपालिमामा १३ हजार ३३९, जन्तेढुंगा गाउँपालिकामा १२ हजार ६६ जना, बराहपोखरी गाउँपालिकामा ११ हजार ४१६, रावाबेँसी गाउँपालिकामा ११ हजार २१८ र साकेला गाउँपालिकामा ९ हजार ३०७ रहेको विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।

    खोटाङमा गत ३० भदौदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरण र २५ कात्तिकदेखि ९ मंसिरसम्म मूख्य गणनाका गरिएको थियो । मूख्य गणनाका क्रममा जिल्लामा २९० गणक खटाइएको थियो ।

    सम्बन्धित समाचार